Connect with us
Kapilvast Forest

चित्लाङ-थानकोट जोड्ने सडकको स्तरोन्नति शुरु

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

मकवानपुर- मकवानपुरको थाहा नगरपालिका-९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका-७ को थानकोट जोड्ने साढे २२ किलोमिटर लामो गणेशमान मार्गको स्तरोन्नति कार्य शुरु भएको छ।

चन्द्रागिरि नगरपालिका-४ र ७ मा हाल चार किलोमिटर क्षेत्रमा चट्टान फोरी सडकलाई फराकिलो गर्ने काम भइरहेको छ। थानकोट-चित्लाङ-गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य रमा आलेमगरका अनुसार उक्त सडकमा ढल निर्माणका साथै ग्राभेल हाल्ने काम आगामी वर्षको वैशाखसम्म सम्पन्न हुनेछ।

उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले १३ करोड रुपैयाँ उपलब्ध गराएको छ। दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने मगरले बताए।

चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्ने काम पनि धमाधम भइरहेको छ। केही साताभित्रै कुन्छालदेखि चित्लाङ सम्मको सडकखण्डमा साना सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भइरहेको मगरले जानकारी दिए।

चित्लाङ-थानकोट सडकको स्तरोन्नति गरिएपछि मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत सामग्री ढुवानी गर्न सहज हुने थाहानगरपालिकाका नगरप्रमुख लवशेर विष्टले बताए।

थानकोट-चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्र्याक खोलेर हल्का सवारीसाधन सञ्चालनमा ल्याइएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,