Connect with us
Kapilvast Forest

भारी मतले न्यूजिल्याण्ड चुनावमा प्रधानमन्त्री जसिन्डा आर्डन विजयी

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी-न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको पार्टी शनिबार भएको आम निर्वाचनमा भारी मतले विजयी भएको छ ।धेरैजसो मत गनिसकिएको छ । हालसम्म प्राप्त नतिजामा आर्डनको लेबर पार्टीले ४९ प्रतिशत भोट पाएको छ र उहाँले न्यूजिल्याण्डको राजनीतिमा दुर्लभ बहुमत हासिल गर्ने आशा गरिएको छ ।

विपक्षी मध्य–पंथी नेशनल पार्टीले अहिलेसम्म २७ प्रतिशत भोट पाएको छ र पार्टीले आफ्नो हार स्विकारिसकेको छ ।यो चुनाव एक महिना अघि नै हुनुपर्ने थियो तर कोभिड–महामारीका कारण यो स्थगित गरिएको थियो ।मतदान स्थानीय समयानुसार बिहान ९ बजे सुरु भयो जुन बेलुका ७ बजेसम्म खुल्ला गरिएको थियो ।न्यूजिल्याण्डमा आम निर्वाचनका साथै जनतालाई दुई जनमतसंग्रहमा पनि मतदान गराइएको थियो ।

चुनाव आयोगका अनुसार लेबर पार्टीले ९ प्रतिशत, नेशनल पार्टीले २७ प्रतिशत र ग्रीन र एक्ट न्यूजिल्याण्ड पार्टीले ८–८ प्रतिशत भोट पाएका छन् ।नेशनल पार्टीकी नेता जुडिथ कलिङ्ग्सले जसिन्डा आर्डर्नलाई बधाईसमेत दिनु भएको छ ।जीतपछि आफ्नो समर्थकलाई सम्बोधन गर्दै आर्डर्नले ‘न्यूजिल्याण्डले लेबर पार्टीलाई ५० वर्षमा सबैभन्दा ठूलो समर्थन दिएको छ ।

हामीले तपाईंको समर्थनलाई हल्का रुपमा लिने छैनौं । म बचन दिन चाहन्छु कि हाम्रो पार्टीले हरेक नागरिकका लागि काम गर्नेछ ।’आर्डर्नको पार्टीले ६४ सिट पाउन सक्छ । न्यूजिल्याण्डमा सन् १९९६ मा लागू भएको संसदीय प्रणाली ९एमएमपी० पछि कुनै पनि पार्टीले बहुमत हासिल गरेको छैन ।चुनाव अघि विश्लेषकहरुको आर्डर्नको पार्टीले यति ठूलो जीत हासिल गर्ने कुरामा शंका थियो ।

युनिभर्सिटी अफ अकल्याण्डकी प्राध्यापक जेनिफर कर्टिनले यसअघि पनि पार्टी नेताले बहुमत पाउने आशा गरिएको थियो तर उनीहरु विफल भएका थिए ।उहाले भन्नु भएको थियो , ‘न्यूजिल्याण्डका मतदाता रणनीतिक मतदान गर्छन् र आफ्नो भोट पार्टीबीच बाँड्छन् । करिब ३० प्रतिशत मतदाता साना पार्टीलाई भोट दिन्छन् । यस्तोमा लेबर पार्टीले ५० प्रतिशत भोट हासिल गर्न मुश्किल हुनेछ ।’

आर्डर्नले आफ्नो चुनाव अभियानमा पर्यावरण सम्बन्धि नीति ल्याउने, पिछडिएका स्कूलका लागि थप आर्थिक सहयोग प्रदान गर्ने र धेरै आय भएका मानिसहरुमाथि अतिरिक्त कर लगाउने बचन दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,