Connect with us
Kapilvast Forest

कोरोनाबारे जनचेतनामुलक कार्यक्रम गरी स्थापना दिवस मनाउन तरुण दलको परिपत्र

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – प्रमुख विपक्षी नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले कोरोनाभाइरस ९कोभिड–१९० सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरी स्थापना दिवस मनाउन जिल्ला समितिहरुलाई परिपत्र गरेको छ ।

आइतबार तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कार्तिक १० देखि कार्तिक १५ गतेभित्र कोभिड–१९ सम्बन्धी जनचेतनामुलकै कार्यक्रम गरी स्थापना दिवस मनाउन परिपत्र गर्नु भएको हो ।

नेपाल तरुण दलको ६८ औँ स्थापना दिवस यही २०७७ साल कार्तिक १० गते र उक्त दिन विजया दशमीको टिकाको दिन समेत परेको जानकारी गराउँदै दलको केन्द्रीय कार्य समितिले स्थापना दिवस मनाउने निर्णय गरेको हुँदा जिल्ला समितिहरुले कार्तिक १० देखि कार्तिक १५ गते भित्र स्थापना दिवस कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी मनाउन यो परिपत्र गरिएको उहाँले भन्नु भएको छ ।

जिल्ला समितिहरुले गरेका कार्यक्रमहरुको जानकारी प्रतिवेदनका रुपमा केन्द्रीय कार्यालयमा पठाउन पनि बस्नेतको निर्देशन छ । कार्यक्रम गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग र सामाजिक दुरी कायम गर्न उहाँको आग्रह छ ।

अध्यक्ष बस्नेतले नेपाल तरुण दल सबै जिल्ला समितिका अध्यक्षका साथै जिल्ला कार्यसमितिका सम्पूर्ण नेता कार्यकर्तालाई विजया दशमी, दिपावली र छठको शुभकामना पनि दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,