Connect with us
Kapilvast Forest

ब्राउन सुगरसहित दाजुभाइ पक्राउ

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

pakrau fiture

सप्तरी-सप्तरी प्रहरीले लागु औषध ९ब्राउन सुगर० सहित दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का २७ वर्षिय भरत शर्मा र १९ वर्षिय निरज शर्मालाइ प्रहरीले पक्राउ गरेको हो । नातामा दाजुभाई (काका, ठूलो बुबाको छोरा)रहेको प्रहरीले जनाएको छ

लुकिछिपी ब्राउन सुगरको कारोबार गर्दै आएका शर्मा दाजुभाईलाई प्रहरीले शनिबार साँझ सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित बकधुवा–महदेवा सडकखण्डबाट पक्राउ गरेको थियो ।

स.७प. १८६५ नम्बरको मोटरसाइकल चढेर महुलीतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायक उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले चेकजाचको क्रममा शर्मा दाजुभाईलाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिनु भयो ।

प्रहरीले शर्मा दाजुभाईको साथबाट कालो प्लाष्टिकको ५ वटा पातलो झोलामा प्याक गरी राखिएको १०र१० ग्राम गरि कुल ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद ६ हजार ९ सय रुँपैया बरामद गरेको छ । जिल्लामा पहिलो पटक ब्राउन सुगरका कारोवारी पक्राउ परेको प्रहरी उपरिक्षक धमलाले जानकारी दिनु भयो । ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,