Connect with us
Kapilvast Forest

उपत्यकाका अत्यावश्यक बाहेकका अन्य सेवा अनिश्चितकालका लागि बन्द

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

kaathmandu

 

काठमाडौं –काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा सुचना जारी गरेर बन्द गर्न आग्रह गर्नु भएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्याएलय भक्तपुर र ललितपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनु भयो । उहाँले , ‘ अत्यावश्यक सरकारी कार्यालय र अन्य सेवाहरु बन्द गरिएको हो बताउनु भयो । ललिपुर र भक्तपुर जिल्लामा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो । ’

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार आइतबारदेखि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उहाँले बताउनु भयो ।

काठमाडौं जिल्ला प्रशासनले भने, गत असोज २८ गतेदेखि नै बन्द गर्ने भने पनि थप निर्णय आज आउने बताइएको छ । उहाँलेकार्यालयबाट शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दाको सुनुवाइसम्बन्धी र विपद् व्यवस्थापन सम्बन्धी मात्र सेवा पाइन र उल्लेखित बाहेकका अरु सेवा स्थगित गरिएको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,