Connect with us
Kapilvast Forest

माछा मार्न भन्दै घरबाट निस्किएका युवा खोलामा मृत फेला

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

death

विराटनगर- मोरङको कटहरी गाउँपालिका–४ मा माछा मार्ने भन्दै घरबाट निस्किएका एक युवा खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ । कटहरी–४ का २२ वर्षीय लक्ष्मण पासवान घर नजिकैको लोहन्द्रा खोलामा आइतबार बिहान मृत फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनु भयो ।

उहाँका अनुसार लक्ष्मण माछा मार्नका लागि भनेर शनिबार दिउँसो घरबाट निस्किएका युवानफर्किएपछि खोजी गर्ने क्रममा स्थानीय बासिन्दा, परिवारका सदस्य र आफन्तले खोलामै डुबेर मृत्यु भएको अवस्थामा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

एसपी खड्काले शवलाई पोस्टमार्टमका लागि लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार माछा मार्ने क्रममा खोलाको दहमा डुबेर युवाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,