Connect with us
Kapilvast Forest

अमेरिकामा भण्डै ७० वर्षपछि महिलालाई मृत्युदण्ड दिइँदै

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – अमेरिकामा सन् १९५३ पछि पहिलोपटक एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । अमेरिकाको न्याय मन्त्रालयले दिएको जानकारीअनुसार लिसा मन्टगमरी नाम गरेकी उक्त महिलाले सन् २००४ मा उक गर्भवती महिलाको हत्या गरेकी थिइन् र उनको पेट चिरेर बच्चा झिकी उक्त बच्चाको अपहरण गरेको अमेरिकाको न्याय मन्त्रालयले जानकारी दिएको छ । उहाँ मिसौरीकी बासिन्दा हो।

उहाँलाई इन्डियानामा एक प्राणघातक सुई लगाएर आगामी डिसेम्बर ८ मा मृत्युदण्ड दिइने बताइएको छ । मन्टगमरीलाई सन् २००७ मा अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । तर, उनका वकिलहरुले मन्टगमरीले बालककालमा धेरै पिटाइ खाएकाले त्यसको नराम्रो असर परेकाले उहाँ मानसिक बिरामी भएकाले उहाँलाई मृत्युदण्ड दिन नसक्ने भन्दै मन्टगमरीको बचाउ गरेका थिए ।

त्यस्तै आगामी डिसेम्बर महिनामा नै सन् १९९९ मा दुई युवा मन्त्रीको हत्याको आरोपमा दोषी ठहर भएका ब्र्यान्डन बर्नार्डलाई पनि मृत्युदण्ड दिइने तयारी गरिएको छ ।

अमेरिकाको डेथ पेनाल्टी इन्फरमेसन सेन्टरका अनुसार यसअघि अमेरिकामा सन् १९५३ मा अन्तिमपटक बोन्नी हेडी नामक महिलालाई मृत्युदण्ड दिइएको थियो ।गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मृत्युदण्ड पुनः सुरु गर्ने बताएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,