Connect with us
Kapilvast Forest

टिपरको ठक्कर बाट छोरीको ज्यान गयाे, बुवा घाइते

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

दाङ – दाङको देउखुरीमा आइतबार दिउँसो टिपरले साइकललाई ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा दाङको गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया जमुना कुमालको ज्यान गएको छ । दुर्घटनामा जमुनाका बुवा ५९ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते हुनुभएकाे छ ।

टिपरले ठक्कर दिएपछि घाइते भएकी जमुनालाई उपचारका लागि लमहीतर्फ ल्याउँदै गर्दा बाटोमा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ ।

जमुनाका बुबाकाे भने दाङकाे लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । रा १ ख २०२१ नम्बरको टिपरले साइकल चढेर दाङको भालुवाङतर्फ आउँदै गरेका बाबु–छोरीलाई ठक्कर दिएको थियो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ८ मा दुर्घटना भएको थियो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,