Connect with us
Kapilvast Forest

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान शाखाको अध्यक्षमा सुनार

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

सलिम अनसरी ,प्यूठान-राष्ट्रिय दलित पत्रकार सघं नेपाल जिल्ला शाखा प्यूठानको जिल्ला भेलाले लोकेन्द्र सुनारलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । शनिबार आयुष्मा होटल जुम्रीमा भएको जिल्ला भेलाले १३ सदस्य रहेको जिल्ला समिति गठन गरेको हो ।

भेलाले उपाध्यक्षमा कमल बि.क सचिव बोम बहादुर परियार, कोषाध्यक्ष बिन्दु परियार, सहसचिव रबिन बिक चयन गरेको छ । यस्तै सदस्यमा कुलचन्द्र बिक, सुरेन्द्र नेपाली, सिता बिक, ज्योती बि.क, गन बहादुर बि.क पेस्तोल, प्रेम बिक, केन्द्रप्रकाश पीबिलाई चयन गरेको र एक सदस्य जिल्ला समितिले मनोनित गर्ने नव र्निबाचित अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिनु भयो ।

भेलाले भुवन सिहको संयोजकत्वमा सुनिल सापकोटा, शंसेर नेपाली, राम बहादुर बिकलाई सल्लाहकारमा मनोनित गरेको छ । समाजमा हुने बिभेदलाई अन्त्य गर्न आफुहरु शसक्त भएर कलम चलाउने तथा दलित समुदायका यूवा यूवतीहरुलाई सञ्चार क्षेत्रमा जोडी समाजमा रहेको कुस्कार तथा कुरिती बिरुद्ध चेतना जगाउन प्रोत्साहन गर्ने अध्यक्ष लोकेन्द्र सुनारले बताउनु भएको छ ।

साथै सुनारले प्यूठानको पत्रकार महासघं स्थापना गर्ने स्वर्गीय सूर्य बहादुर बिकको दलित आन्दोलन तथा पत्रकारितामा पु¥याएको योगदानलाई कदर गदै लुम्बीनी प्रदेशमा जातिय बिभेद र दलित मुक्तिको लागी राम्रो काम गरी कलम चलाउने जो कोहीलाई पनी पुरस्कृत गर्ने गरी जिल्लामा २ लाख बराबरको अक्षकोष निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

२०५८ सालमा पत्रकार महासघं प्यूठानको संस्थापक सभापती हुन भएका बिकको कार दुर्घटनामा रुपन्देहीमा निधन भएको थियो । सामाजिक आन्दोलन, दलित आन्दोलन, उद्योगी व्यवसायी, पत्रकार महासघं प्यूठानको नेतृत्वमा पुगेर कुशल तथा अन्य क्षेत्रमा निकै लोकप्रीय बनेका बिकको ४३ वर्षको उमेरमा निधन भएको थियो ।

२०७६ सालमा स्थापना भएको राष्ट्रिय दलित पत्रकार सघंको ६३ औं जिल्ला शाखाको रुपमा प्यूठान रहेको केद्रिय अध्यक्ष पूर्व सांसद बिनोद पहाडीले जानकारी दिनभयो । पहाडीले दलित हक अधिकारका लागी मिलेर जाने उद्धेश्यले राष्ट्रिय दलित पत्रकार सघं नेपाल गठन भएको बताउनु भएको छ ।

शनिबार प्यूठान आउनु भएका पहाडीले आम सञ्चारमा दलितको प्रतिनिधित्व गराउन, तथा समाजमा रहेको अन्धबिश्वासलाई चिरेर जान कमल चलाउने स्रोतका लागी आफुले जिल्लामा शाखा बिस्तार गरेको उल्लेख गर्नुभयो । अझै पनि दलितका घटनाले केन्द्रिय मिडियामा खासै प्राथमिकता नपाउने गरेको पहाडीले गुनासो गर्नुभयो ।

शनिबार सम्पन्न भएको जिल्ला भेलामा राष्ट्रिय दलित पत्रकार सघ नेपालका लुम्बीनी प्रदेश अध्यक्ष चिन्ता परियार, सोही प्रदेशका सल्लाहकार संजिव गहतराज, दलित महिला संघ प्यूठानका जिल्ला अध्यक्ष लक्ष्मी परियार, एकिकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज प्यूठानका महासचिव प्रबिण बिक, सिलाई कटाई व्यवसायी सघं प्यूठानका अध्यक्ष खुम बहादुर परियार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता लोकेन्द्र सुनार, स्वागत मनतव्य प्रेम बिक र सञ्चालन कमल बिकको रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,