Connect with us
Kapilvast Forest

चलचित्र ‘भाँडाकुटी’मा मुकुन र बेनिशाको अभिनय

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

बुटवल -किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ मा मुकुन भुसाल र बेनिशा हमालले सँगै अभिनय गर्ने भएका छन् । घटस्थापनाको दिन पारेर शनिवार नयाँ फिल्म भाँडाकुटीको घोषणा गरिएको हो । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म भाँडाकुटीको एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ ।
चलचित्र भाँडाकुटी आउँदो फागुनमा बुटवल तथा त्यस आसपासका क्षेत्रहरुमा छायाँकन गरिने बताइएको छ । बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागिएको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । बिककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन् । ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूह फिल्ममा हाबी छ ।
विकले आफुहरु नयाँ र युवा भए पनि निखारिएर फिल्म क्षेत्रमा आएको बताए । बिकले भाँडाकुटी नेपाली सिनेमा जगतमा नयाँ हाइटको फिल्म हुने दावी गरे । २०७८ साल लक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् । फिल्ममा राज कुमार दर्जीको कोरियोग्राफ्री र भीम बिकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् ।
झण्डै एक करोड रुपैयाँ लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् । समाजको कथालाई नयाँ ज्ञान सहित पूरा अनुभवहरुको साथमा राम्रो फिल्म बनाउने उद्देश्य सहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले बताए । यो चलचित्रले आम नेपालीको मन जित्ने निर्माता पक्षको दावी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,