Connect with us
Kapilvast Forest

इलाममा कोरोना संक्रमण बाट पहिलो पटक ८ वर्षीया बालिकाको मृत्यु

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

corona

इलाम – कोरोना भाइरसको संक्रमणबाट इलाममा पहिलोपटक १ जनाको मृत्यु भएको छ ।मृगौलासम्बन्धी बिरामी भई नोवेल अस्पतालमा उपचाररत सूर्योदय नगरपालिकाका–८ की ८ वर्षीया बालिकाको शनिबार राति मृत्यु भएको हो ।

उहाँलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा बालिकाको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बालिकाको नेफ्रोटिक सिन्ड्रोमको उपचार भइरहेको थियो ।

असोजको ६ गतेबाट उपचारका लागि विराट नर्सिङ होममा राखिएको संक्रमित बालिकामा ५ दिनअघि कोरोना संक्रमण देखिएको थियो ।थप उपचारको लागि भेन्टिलेटर नपाएपछि उहाँलाई घर ल्याउने क्रममा निधन भएको हो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,