Connect with us
Kapilvast Forest

सार्वजनिक यातायातमा यात्रा गर्दा फेस सिल्ड अनिवार्य

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

Face-shield.gif

काठमाडौँ-सार्वजनिक यातायातमा यात्रा गर्दा फेस सिल्ड (भाइजर) अनिवार्य लगाउन सरकारले अपिल गरेको छ ।बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले अनिवार्य गर्नुपर्ने यातायात व्यवस्था विभागले बताएको छ ।

सार्वजनिक सवारीको सबै सिटमा यात्रुहरु बस्ने गरेको र भौतिक दूरी कायम हुन नसक्ने भएकाले मास्क लगाएजस्तै अब यात्रुहरूको लागि फेस सिल्ड अनिवार्य गरिएको हो ।फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न नपाउने विभागले बताएको छ ।

अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ । विभागले फेससिल्ड प्रयोग गर्नेपर्ने लगायतका नियमहरु परिमार्जन गरेर निर्देशिका जारी गर्ने तयारी गरेको छ ।

विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यत्राुलाई आग्रह रेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडाममा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,