Connect with us
Kapilvast Forest

सडक निर्माण हुन थालेपछी महाराजगंजवासी खुशी

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

  • बृजेश यादव,कपिलवस्तु-

कपिलवस्तुको महाराजगंज नगरपालिकामा सडक कालोपत्रे हुने क्रम बढेको छ । सडक निर्माण हुन थालेपछी महाराजगंजवासी खुशी भएका छन ।महाराजगंज नगरपालिकाको मुख्य योजनाको रुपमा रहेको सडक कालोपत्रे तिव्र गतीले काम भैरहेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

महाराजगंज बजार देखी पिपरी, बरगदा बरगदी, पडरिया सिगरहा, हरदौना सम्मको सडक ७ करोड ६८ लाखको लागतमा करिब ८ किलो मिटर सडक खण्ड कालोपत्रे हुने तयारीमा रहेको नगर प्रमुख कलामले बताउनु भयो । त्यस्तै सिगंरहा देखी हरदौना सिमाना सम्म २ करोड ९२ लााखको लागतमा सडक कालोपत्रे भैरहेको नगर प्रमुख कलामले जानकारी दिनु भयो ।

महाराजगंज नगरपालिका नगर प्रमुख कलाम, प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेल, इन्जीनियर प्रमोद चौधरी, प्राविधिक सुरेन्द्र चौधरीले नव निर्मित सडकको अनुगमन गर्दै राम्रो र गुणस्तर युक्त बनाएको प्रतिक्रिया दिएका थिए ।

काष्ठमाण्डप कन्ट्रडक्सनले उक्त सडक निर्माणको जिम्मा पाएको छ । सडकको काम समयमा सक्ने काष्ठमाण्डप कन्ट्रडक्सनका प्रोजेक्ट म्यानेजर बासुदेव अधिकारीले जानकारी दिनु भयो । बहु बर्षिय योजनाको रुपमा रहेको सडकको काम लकडाउनले गदाए केही प्रभावित भएको अधिकारीले बताउनु भयो ।

सबै भन्दा पछी परेको महाराजगंज नगरपालिकामा सडक निर्माण कार्य सुरु भएपछी त्यहाका नागरिक खुसी भएका छन । सडक निर्माण क्रममा पुल तथाा माटो पटानको काम सकिएकोले अब कालोपत्रेको काम जारी रहेको छ । सडक निर्माण हुन थालेपछी महाराजगंजवासी खुशी भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,