Connect with us
Kapilvast Forest

लुम्बिनीका जनप्रतिनिधिले चाडपर्व खर्च लिएनन्

२०७७, २ कार्तिक आईतवारमा प्रकाशित

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ ।

अहिले जनप्रतिनिधि र चाडपर्वको खर्चको चर्चा भइरहेको अवस्थामा लुम्बिनी प्रदेशका पालिकाका जनप्रतिनिधिलगायत मुख्यमन्त्री, मन्त्री, सभामुख, प्रदेश सभा सदस्य कसैले पनि अहिलेसम्म चाडपर्व खर्च लिएका छैनन् ।

प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ ।

प्रदेश सरकार, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज प्रेस नोट जारी गरी जनप्रतिनिधि र चाडपर्व खर्चका बारेमा चर्चा हुन थालेपछि उक्त कुराको स्पष्ट पार्नुभएको हो ।

उहाँले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यका साथै स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म कुनै प्रकारको चाडपर्व खर्च(दशैंँखर्च) नलिएको स्पष्ट पार्नुभएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,