Connect with us
Kapilvast Forest

दक्षिणकाली नगरपालिका बन्द

२०७७, ३ कार्तिक सोमबारमा प्रकाशित

काठमाडाैं – दक्षिणकाली नगरपालिकाले नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान गर्दै आएकाे सम्पूर्ण सेवा भाेलि(कार्तिक ३) देखि बन्द गर्ने भएकाे छ ।

नगरपालिका क्षेत्रमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु भाेलि(मंगलबार)देखि कार्तिक १४ गतेसम्मकाे लागि बन्द गर्ने निर्णय भएकाे नगरपालिका कार्यालयले जनाएकाे छ ।

नगरपालिकामा आइतबारसम्मकाे विवरण अनुसार काेराेना संक्रमितकाे संख्या ८३ पुगेकाे छ । जसमध्ये ४१ जना संक्रमित उपचारपछि संक्रमण मुक्त भएका छन् ।

याेसँगै दक्षिणकाली नगरपालिकामा सक्रिय संक्रमितकाे संख्या ४२ रहेकाे छ । जसमध्ये होम आइसोलेशनमा ३२ जना, चाल्नाखेल चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्रकाे आइसोलेशनमा ७ जना र अन्य अस्पतालमा ३ जना उपचारको क्रममा रहेकाे नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दशैँ तिहार लगायतका चाडपर्व स्वास्थ्य मापदण्रड अपनाएर मनाउन र सतर्क हुन अनुराेध गरेकाे छ ।केही समययता नगरपालिकाले काेराेना संक्रमितकाे यथार्थ विवरण प्रकाशन गरेकाे थिएन ।

दक्षिणकाली नगरपालिकाकाे सूचनाः

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,