Connect with us
Kapilvast Forest

दिप कुमार भन्छन् “दिउँसोमा राष्ट्रवादको चर्का भाषण, रातीराती गुप्तचरसँग लम्पसार”

२०७७, ८ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेटका क्रममा भएको छलफलका बारेमा सार्वजनिक गर्नुपर्ने माग उठेको छ ।

भारतका लागि पूर्व राजदूत तथा नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले प्रधानमन्त्रीले उहाँलाई भेटुन पर्ने कारण र भेटघाटका क्रममा भएको छलफलका बारे जानकारी गराउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “रातको समयमा प्रधामन्त्रीले अर्को देशको गुप्तचरसँग एक्लै भेट्ने कुरा सामान्य हुदै होईन, त्यस बेला के के छलफल भयो, त्यो सवै सार्वजनिक हुनुपर्दछ । प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्दछ ।”

उहाँले अहिले नेपाल भारत सम्वन्ध प्रतिकुल भएको बेला कुटनीतिक तथा राजनीतिक व्यक्तिहरुलाई भेटेर सम्वन्ध सुधार्ने बेलामा गुप्तचरसँग भेट्दा राष्ट्रघाती सम्झौता भयो की भनेर आशंका गर्ने ठाउँ धेरै रहेको दावी गर्नुभयो ।

बाहिर राष्ट्रवादको नाममा चट्टानी अडानको भाषण दिने भित्र भित्र राती रातीमा गुप्तचरहरुसँग भेटेर लम्पसार पर्ने प्रधानमन्त्री ओलीको चरित्र थप उदाङ्गएको आरोप पनि उहाँले लगाउनुभयो ।

पूर्व राजदूत उपाध्यायले नेपाली जनतालाई अव शब्दजाल र नाटकहरुले भुलाएर हैन पारदर्शिता सहितको सकारात्मक परिणाम चाहिएकोमा जोड दिनुभयो ।

सधैँ ठूला ठूला आशा मात्रै देखाउने तर परिणाम केही दिन नसक्ने हो भने त्यस्ता आशा र सपनाको कुनै अर्थ नरहेको उहाँको भनाई छ ।
पार्टीलाई समेत कुनै जानकारी नदिने, सरकारका अन्य निकाय तथा संरचनाहरुलाई पनि सूचना नदिई भेटहुन थप रहस्यमय भएको पूर्व राजदूत उपाध्यायले बताउनुभयो ।

“को व्यक्ति आउछ, किन आउँछ, के गर्छ सवै कुरा सरकारी संयन्त्रहरुलाई जानकारी हुनुपर्छ, राष्ट्रिय विषयमा गतिविधि भएको छ भने त्यो पनि जनतालाई सार्वजनिक गर्नुपर्छ, नत्र शंका हुन्छ, प्रश्न उठ्छ,”  उहाँले भन्नुभयो ।

गुप्तचर संस्थाबाट अरु नेता तथा कर्मचारीहरु प्रयोग हुन्छन भन्ने आरोप लाग्ने गरेकोमा अहिले प्रधानमन्त्री नै प्रयोग भएको उहाँले टिप्पणी गर्नुभयो ।

राष्ट्रवादी ठानेर नेपाली जनताले दिएको अभिमतको प्रधानमन्त्री ओलीले उलंघन गरेको र जनतालाई धोका दिएको उहाँको आरोप छ ।
देशको हितकै लागि भएको रहेछ भने पनि गलत प्रक्रिया र मर्यादा उलंघन गरेर भएको काम हितकारी र दिगो हुन नसक्ने नेता उपाध्यक्षले तर्क गर्नुभयो ।

राष्ट्रिय विषयमा अन्य देश गुप्तचरसँग छलफल गर्दा आफ्नै पार्टीलाई समेत जानकारी नदिएकोमा पार्टीले स्पटीकरण माग्नु पर्ने बताउनुभयो ।
यस्तो विवादित, गंभीर र शंकास्पद विषयमा पनि सत्तारुढ दल नेकपा मौन बस्यो भने पार्टी र अन्य नेताहरुमाथी पनि प्रश्न उठ्ने नेता उपाध्यायको भनाई थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,