Connect with us
Kapilvast Forest

दशैँमा ८० करोडका खसीबोका र च्यांग्रा खपत

२०७७, १४ कार्तिक शुक्रबारमा प्रकाशित

khasibajar.jpg
प्रतिनिधिमुलक तस्विर

काठमाडौं-यस वर्षको दशैंका बेला उपत्यकामा ७९ करोड ६४ लाख रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा खपत भए । दशैंमा कलंकी खसीबजारबाट मात्र ३५ हजार खसीबोका बिक्री भएको चौपया व्यवसायी संघ कलंकीले जानकारी दिएको छ ।

एउटै खसीबोका २८ देखि ३० किलोसम्मका थिए । खसीबोकाको मूल्य सुरुमा प्रतिकिलो ६ सय ५० रुपैयाँ रहे पनि अन्तिममा ८ सय रुपैयाँसम्ममा बिक्री भएको संघले जनाएको छ । प्रतिकिलो औसत ७ सय रुपैयाँले हिसाब गर्दा कलंकीबाट मात्रै ६८ करोड ६० लाख रुपैयाँबराबरको खसीबोका बिक्री भएको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने प्रतिकिलो साढे ५ रुपैयाँमै खसीबोका बेचेको थियो । ’शैंमा जिउँदो माछाको खपत भने बढ्यो । गत वर्षको दशैंमा दैनिक ५५ देखि ६० क्विन्टल खपत भएको माछा व्यवसायी संघको तथ्यांक छ । यस वर्ष खपत बढेर दैनिक ७५ देखि ८० क्विन्टलसम्म पुग्यो । ‘सामान्य दिनमा प्रतिक्विन्टल ५० क्विन्टल खपत हुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,