Connect with us
Kapilvast Forest

प्रचण्डलाई फकाउन खुमलटारमा ‘ओलीका दूत’को लर्को

२०७७, १४ कार्तिक शुक्रबारमा प्रकाशित

kp and dhahal

काठमाडौं-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुग्नु भएको छ । शुक्रबार बिहान मन्त्री ज्ञवाली प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर खुमलटार पुग्नु भएको छ ।

त्यस्तै बुधबार महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङ र बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई दूत बनाएर पठाउनु भएको थियो । उहाँहरुले रोकिएको संवाद सुचारु गर्न आग्रह गर्दै अध्यक्ष प्रचण्डलाई बालुवाटार आउन निम्तो दिनु भयो ।

अध्यक्ष प्रचण्डले वान टु वान वार्ताको औचित्य नरहेको भन्दै बालुवाटार जान अस्वीकार गर्दै आउनु भएको छ । उहाँले सचिवालय बैठक बोलाएर सामूहिक छलफल गर्ने अडान लिँदै आउनु भएको छ ।

उहाँले प्रधानमन्त्रीले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगरेको, रअ प्रमुखको भेटवार्ताको संवाद गोप्य राखेको, कर्णालीको विवाद र पर्सामा आफ्ना कार्यकर्ताका हत्यारालाई संरक्षण गरेको भन्दै असन्तुष्टी जनाउँदै आउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,