Connect with us
Kapilvast Forest

प्रदेश १ मा ७० जना पत्रकारलाई कोरोना संक्रमण

२०७७, १४ कार्तिक शुक्रबारमा प्रकाशित

press corona

काठमाडौं – प्रदेश १ मा मात्रै ७० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिएसँगै फिल्डमा पुगेर रिपोर्टिङ गर्ने पत्रकारहरुमा पनि धमाधम संक्रमण देखिन थालेको छ।

केही पत्रकारहरुमा लक्षणसहितको संक्रमण पनि देखिएको छ। प्रदेश १ मा सबैभन्दा धेरै पत्रकार मोरङ, सुनसरी र झापामा संक्रमित भएका छन्। संक्रमण पुष्टि भएकामध्ये मोरङका १० जनासहित प्रदेश १ का २९ जनाको आइसोलेसन र अस्पतालमा उपचार भइरहेको छ।

नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटी अध्यक्ष विक्रम लुइँटेलले समुदायमा कोरोना फैलिएसँगै पत्रकारहरु पनि उच्च जोखिमा परेको जानकारी दिनु भयो । अध्यक्ष लुइँटेलका अनुसार सबैभन्दा धेरै सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै मोरङका २७ जना पत्रकारमा संक्रमण पुष्टि भएको छ।

उता झापामा झापामा ६ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ। त्यसैगरी धनकुटा इलाम, ओखलढुंगा र उदयपुरमा समेत प्रदेश १ का ७० जनालाई कोरोना देखिएको हो।

कोरोना पुष्टि भएकामध्ये दुईजनालाई गम्भीर स्वास्थ्य समस्या देखिएको छ। जसमा एकजनालाई निमोनियासमेत भएर उपचार पनि घर फर्किएका छन्। अर्का एकजना पत्रकारलाई केही दिनअघि कोरोना पुष्टि भएसँगै निमोनिया पनि देखिएपछि अस्पतालमा उपचार चलिरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,