Connect with us
Kapilvast Forest

नवलपरासीका १०८ वर्षका बाबुले गराइदिए छोराको चौरासी पूजा

२०७७, १४ कार्तिक शुक्रबारमा प्रकाशित

तस्बिरः१०८ वर्षीय वृद्ध केशवराज ज्ञवाली आफ्नो ८४ वर्षीय जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै

परासी- एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक बुवाले छोराको चौरासी पूजा गर्नु भएको हो ।

बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिनु भयो ।

बाबुले छोराको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासीसमेत पिता ज्ञवालीसँग आशीर्वाद लिनु भएको थियो । चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताउनु भयो ।

पिता ज्ञवाली अहिले पनि स्वस्थ्य हुनुहुन्छ । खेतीपातीमै जीवन बिताएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उहाँका साहिँला छोरा हरिप्रसादले बताउनु भयो। केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा। बाबुराम हुनुहुन्छ ।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिनु भएको थियो । आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनु भयो

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिनका ज्ञवालीका चार छोरा अहिले हुनुहुन्छ । उहाँको अहिले पाँचौँ पुस्ता ९खनाति० चलिरहेको छ। उहाँका खनाति शिवम् दुई वर्ष पूराहुनु भयो । साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठीक १०० वर्षले फरक छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,