Connect with us
Kapilvast Forest

थप ४हजार ९६ जना कोरोना संक्रमित डिस्चार्ज,३५१७ संक्रमित, १६ को मृत्यु

२०७७, १४ कार्तिक शुक्रबारमा प्रकाशित

corona ncn

काठमाडौं– पछिल्लो २४ घण्टामा थप ४०९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २८ हजार ९५८ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टायता देशभर थप ३५१७ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये १३६१ जना महिला र २१५६ जना पुरुष रहेका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १६८२३५ पुगेको छ।

संक्रमितमध्ये प्रदेश १ मा ५६८ जना, प्रदेश २ मा १०९ जना, वागमती प्रदेशमा २२६६ जना, गण्डकी प्रदेशमा २२४ जना लुम्बीनी प्रदेशमा २६५ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,