Connect with us
Kapilvast Forest

आजको लागि रोकियो कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं – आइतवार (आज) हुने भनिएको कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेर रोकिएको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई मन्त्रीहरुलाई फेर्ने तयारी गर्नु भएको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन नगर्न मुख्यमन्त्रीलाई निर्देशन दिएपछि आजको लागि रोकिएको हो ।

मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल पुनर्गठन गरि प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली निकटका दुई मन्त्री हटाउने तयारी गर्नु भएको थियो ।

शनिवार साँझ मुख्यमन्त्री शाहीले ओलीनिकट दुई मन्त्रीहरु दल रावल र नन्दसिंह बुढालाई राजिनामा दिनको लागि संकेत गर्नु भएको थियो । तर दुवै मन्त्रीहरुले राजिनामा नदिने बरु हटाए हट्ने भन्ने अडान लिएसँगै मन्त्रिमण्डल पुनर्गठन आजको लागि रोकिएको हुनसक्ने स्रोतको दावी रहेको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेशबाट केन्द्रीय राजनीतिमा हलचल मच्चिएको थियो । आफूहरुविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने ओली निकट मन्त्रीहरुलाई हटाएर नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल निकट तीन मन्त्रीहरु राख्ने तयारी मुख्यमन्त्री शाही रहनु भएको छ ।

नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम अगाडी रहेको छ । तर कसलाई कुन जिम्मेवारी दिईनेछ भन्नेबारे एकिन छैन ।

शाहीविरुद्धको अविश्वास प्रस्तावबाट नेपाल पक्षका सात सांसदहरु हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गर्नु भएको छ । सोही सहमतिअनुसार, कुर्मराज शाही सचेतक नियुक्त भइसक्नु भएको छ ।

अविश्वास प्रस्वाव दर्ता गरेसँगै मुख्यमन्त्री शाहीले नेपाल पक्षका नेताहरुसँग तीन जना मन्त्री थप्ने र सचेतक दिने पक्षमा देखिनु भएको हो । तर ओली र प्रचण्डले मन्त्रीमण्डल हेरफेरको काम तत्कालका लागि रोक्नु भएकोे थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,