Connect with us
Kapilvast Forest

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

वीरगञ्ज – पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरमा टयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि टयाक्टर चालक स्थानीय ४० वर्षीय राम मनोहर साहको मृत्यु भएको हो ।

लक्ष्मीपुरबाट धान बोकेर वीरगञ्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर चन्द्रवाती खोलाको पुलकै छेउमा आइतबार बिहान साढे १० बजे दुर्घटनामा परेको थियो ।

पुल छेउको उकालो चढ्दै गर्दा अनियन्त्रित भई ट्याक्टर खोल्सामा खसेको थियो । सोही क्रममा ट्याक्टरले च्यापिएर चालक साहको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

साहको शव पुल छेउको बाँधमा उछिट्टिएको र ट्याक्टर खोल्सामा पुगेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनु भयो ।शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको उहाँले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,