Connect with us
Kapilvast Forest

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

corona-hospital-butwal

बुटवल – रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका(११ का ५२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले जानकारी दिनु भयो

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।जिल्लाका ७८ जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कूल ६ हजार १ सय ८८ जना संक्रमित रहेका रुपन्देहीमा ४ हजार ६ सय १६ जना निको भएका छन् भने १४ सय ९२ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।प्रदेशमा कोरोना संक्रमितको औसत मृत्यु दर ०।९३ प्रतिशत रहेकामा रुपन्देहीमा भने १।२८ प्रतिशत छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,