Connect with us
Kapilvast Forest

अब हुलाकमार्फत घरमै स्मार्ट ड्राइभिङ लाइसेन्स

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं – अब हुलाकमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै उपलब्ध हुने भएको छ । बागमती प्रदेश सरकारले लामोदेखि लाइसेन्स नपाएका सेवाग्राहीलाई घरमै लाइसेन्स उपलब्ध गराउने भएको हो ।

त्यसका लागि बागमती प्रदेश सरकारले हुलाक सेवा विभागसँग सहकार्य गर्ने भएको हो । हुलाक विभागसँग सहकार्य गरी घर–घरमै लाइसेन्स उपलब्ध गराउन लागेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सहसचिव नवीनकुमार सिंहले बताउनु भयो ।
अहिलेको कोरोनाको समयमा कार्यालयमा भिडभाड गर्न सकिने अवस्था पनि छैन् ।

यसका लागि गत कात्तिक ६ गते बसेको चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीचको बैठक पनि बसेको थियो । हुलाक विभागसँग सम्झौता गरी चाँडै नै घरमै लाइसेन्स पुर्‍याउने कामको सुरुवात गर्ने बताउउनु भयो । त्यसका लागि हुलाकले काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र उपत्यकाबाहिर १०० रुपैयाँ शुल्क लिएर सेवा दिनेछ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,