Connect with us
Kapilvast Forest

काठमाडौं उपत्यकामा थपिए १हजार ६सय २२ कोरोना संक्रमित

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

kathmandu corona

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा१६४ गरी जम्मा १६२२ जना संक्रमित थपिएका छन् ।

नेपालमा २८२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २८२४ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ रहेको छ । संक्रमित मध्ये एक लाख ३४ हजार ८४२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२६४ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,