Connect with us
Kapilvast Forest

काँग्रेस कार्यकर्ताको निधनप्रति श्रद्धान्जली

२०७७, १६ कार्तिक आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तु नगरपालिका वार्ड नं. ३, रामनगरका काँग्रेस सक्रिय सदस्य ५७ वर्षे गोपाल रानाको निधन भएकोछ । रानाको निधन पछि काँग्रेस महासमिति सदस्य तथा काग्रेस नेता दीपेन्द्रनाथ शुक्लाले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गर्नु भएको थियो ।

मृत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो । रानाको निवासमा पुगेर शुक्लाले कागे्रसले एक असल र योग्य कार्यकर्ता गुमाएको शुक्लाले बताउनु भयो ।

निधनले पार्टीलाई अपुरणीय क्षति पुग्यो उनले भने उनको योजना र कामलाई पार्टीले निरन्तरता दिन्छ । शनिवार विहान उच्च रक्तचापकाकारण बेहोस भएपछि उपचारकालागि बुटवल लैजादै गर्दा मस्तिष्क घात भएर उनको मृत्यु भएको थियो । रानाको आईतवार दाहसंस्कार गरिएको छ । मृतक राना काँग्रेस क्षेत्र नं. २, क्षेत्रीय समितिका सदस्य हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,