Connect with us
Kapilvast Forest

जलविद्युत् आयोजनाको निर्माणमा स्थानीयले अवरोध गर्न हुदैन:मुख्यमन्त्री गुरुङ

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

Prithvi_Shubba_gurung_gandaki_CM-.jpg

पोखरा – जलविद्युत् सम्बन्धी नीति बनाउनुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारसँग माग गर्नु भएको छ । कास्कीको माछापुच्छ्रेगाउँपालिका–२ मा निर्माणाधीन २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजनाको स्थलगत अवलोकनका क्रममा मुख्यमन्त्री गुरुङले जलविद्युत् सम्बन्धी नीति बनाएर संघ, प्रदेश र स्थानीय सरकारको दायित्व र अधिकार सुनिश्चत गर्नुपर्नेमा जोड दिनु भएको हो ।

५ मेगावाटसम्मका आयोजनालाई स्थानीय तह र ५ मेगावाटदेखि २५ मेगावाटसम्मका आयोजनालाई प्रदेश सरकार मातहत ल्याउनुपर्ने बताउनु भयो । यस सम्बन्धमा प्रदेश सरकारलाई जिम्मेवारी दिए आवश्यक प्रक्रिया सरल र सहज बनाइने उहाँको भनाइ छ । ‘साथै, नियमनको पक्षलाई पनि व्यवस्थित रूपमा अगाडि बढाउन सक्छौं,’ उहाँ भन्नु भयो , ‘त्यसैले केन्द्रीय सरकारले यस विषयमा छिट्टै निर्णय गर्नुपर्छ ।’ जलविद्युत् आयोजनाको निर्माणमा स्थानीयले कुनै पनि किसिमको अवरोध गर्न नहुनेमा समेत उहाँले जोड दिनु भयो ।

उक्त अवसरमा कम्पनीका निर्देशक तथा आयोजना प्रमुख इन्जिनियर लेखनाथ पाण्डेले तोकिएको समयमै आयोजनाको निर्माण सम्पन्न हुने दाबी गर्नु भयो । उहाँले अबको २ वर्षभित्रै आयोजनाको निर्माण सम्पन्न गरिने बताउनु भयो ।

आयोजना प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले तोकिएको लागतभन्दा पनि कममा आयोजनाको निर्माण सम्पन्न गरिने बताउनु भयो । ‘

उक्त आयोजनामा रू। ५ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । त्यसमा एनएमबि बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष, कृषि विकास बैंकले ७० प्रतिशत अर्थात् रू। ३ अर्ब ५० करोड ऋण लगानी गर्ने भएका छन् । यसका लागि गत महीना प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र ऋण लगानीकर्ताहरूबीच वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ । आयोजनामा एनएमबि बैंकले रू। २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले रू। ८० करोड र कृषि विकास बैंकले रू। ५० करोड ऋण लगानी गर्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,