Connect with us
Kapilvast Forest

स्थायी कमिटी बैठक तुरुन्त बाेलाइयाेस्, : नेपाल कम्युनिस्ट पार्टीका नेता रावल

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

bhim.jpg

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले स्थायी कमिटीकाे बैठक तुरुन्त बाेलाउन माग गर्नुभएकाे छ । नेकपा फुटकाे सङ्घारमा रहेकाे नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे अभिव्यक्ति सार्वजनिक भएपछि नेता रावलले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे । आइतबार भएकाे भेटमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले मिलेर जान नसक्ने भए पार्टी अलग–अलग चलाउने प्रस्ताव आफूलाई गरेकाे प्रचण्डले बताउनुभएकाे थियाे ।

नेता रावलले ट्वीट गर्दै लेख्नुभएकाे छ, ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हाे । स्थायी कमिटीको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ।’साथै उहाँले समझदारी,एकता र देशकाे हित मनमा राखी समस्या समाधान गर्न आग्रह गर्नुभएकाे छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,