Connect with us
Kapilvast Forest

आईपीएलमा कोलकताको जित , प्लेअफ होडबाट बाहिरियो राजस्थान

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

kalkata.jpg

एजेन्सी-इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ ।यूएईमा राति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो ।कोलकताका लागि इयान मोर्गनले कप्तानी पारी खेल्नु भयो । खराब सुरुवात गरेको कोलकताका लागि सुवमन गिल र राहुल त्रिपाठीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गर्नु भएको थिया ।

राजस्थानका लागि राहुल तेवटियाले तीन विकेट लिनु भयो । त्यस्तै कार्तिक त्यागीले २, जोफ्रा आर्चर र श्रीयस गोपालले एकरएक विकेट लिनु भयो ।१ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो ।

यो जितपछि कोलकता रन रेटका आधारमा शीर्ष चारमा पुगेको छ । अन्तिम खेलमा हैदराबाद पराजित भए कोलकताले प्लेअफमा स्थान बनाउनेछ ।यसअघि हिजो भएको खेलमा किङ्ग्स एलाभेन पञ्जाब चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,