Connect with us
Kapilvast Forest

जाडो यामम जोर्नीको दुखाई र यसबाट छुटकारा पाउने विधी

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

jorni.jpg
प्रतिनिधिमुलक तस्विर

काठमाडौं-जाडो यामम जोर्नीको दुखाई र यसबाट छुटकारा पाउने विधी चिसो बढे सगैंखासगरी वयस्क वा बुढ्यौलीले छोप्दै लगेपछि सामान्य मौसमी परिवर्तनको असर शरीरमा देखिन्छ ।चिसो बढेसँगै धेरैले भोगिरहेको समस्या हो यो । जति जति चिसो बढ्दै जान्छ, उत्तिनै जोर्नीको दुखाई पनि जटिल बन्छ ।जाडो याममा जोर्नीको दुखाईबाट बच्न प्राकृतिक तौरतरिका अपनाउन सकिन्छ ।त्यससँगै केही यस्ता प्राकृतिक विधी छन्,

– पानीमा एक मुठ्ठी जिरा र एक चम्चा नून हालेर उमाल्ने । त्यसलाई कपडामा निचोरेर सेक्ने गर्नुपर्छ ।

-तोरीको लेप लगाउँदा पनि यस प्रकारको दुखाईमा राहत मिल्छ ।

-जिरालाई पानीमा हालेर उमाल्ने र दुखेको ठाउँमा सो पानीको वाफ लिनुपर्छ ।

-दुई केस्रा लसुन कटेर तिलको तेलमा तताउने र यसले जोर्नीमा मालिस गरौं । धेरै फाइदा मिल्नेछ ।

– दुखाई धेरै भए कपडालाई तातो बनाएर जोर्नीमा सेक्नुपर्छ । तत्कालै आराम महसुस गर्न सकिनेछ ।

– लसुन पिसेर लगाउँदा शरीरका हरेक अंगको दुखाई कम हुन्छ । तर, धेरै बेरसम्म भने लगाउनु हँुदैन ।

-तातो तेलमा जिरा र लसुन डढाएर त्यसले मालिस गर्दा हरेक प्रकारका दुखाईबाट छुटकारा मिल्छ ।

-भिनेगर र जैतुनको तेल मिलाएर मालिस गर्दा फाइदा हुन्छ ।

– कपडामा ४–५ कागतिको टुक्रा बाँधेर तातो तिलको तेलमा केही बेर डुबाउने र त्यसलाई घुँडामा लगाउनुपर्छ ।

-तोरीलाई पिसेर घुँडामा त्यसको लेप लगाउने, तुरुन्तै राहत मिल्नेछ ।

-मनतातो पानीमा सिधे नून हालेर त्यसले नुहाउनुपर्छ ।

-दालचिनी पाउडर र मह मिलाएर लेदो बनाउने र यसले जोर्नीमा मालिस गरौं ।

-जोर्नीको दुखाईमा निमको तेलको मालिस पनि लाभदायक हुन्छ ।

-लसुनका दुई कल्ली कुटेर तिलको तेलमा हाल्ने र त्यसले जोर्नीमा मालिस गरौं ।

– तोरीको तेलमा जिरा र लसुन तताएर दुखेको ठाउँमा मालिस गरौं ।

-अम्बाको पत्ता पिसेर दुखाई भएको ठाउँमा लगाउनुपर्छ । अम्बाको पत्तालाई पानीमा उमालेर यो पानीले सेक्दा पनि फाइदा मिल्छ ।

– शिशाको बोतलमा आधा लीटर तिलको तेल र १० ग्राम कपूर मिलाएर घाममा राख्ने । जब यिनीहरु राम्ररी घुल्छन्, यस तेलले जोर्नीमा मालिस गरौं ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,