Connect with us
Kapilvast Forest

कस्तो रहला आज दिनभरको मौसम ?

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन ।

अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र प्रदेश न १ मा आंशिक वदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभाग तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का बर्षा तथा प्रदेश न १, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राती : प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,