Connect with us
Kapilvast Forest

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

चितवन – भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो।

भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएको थियो।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो।

सोमबार बिहान १ः२० बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको पनि कोभिड आइसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।उनको सोमबार विहान २ः५५ बजे मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।

यो संगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ६४ पुगेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,