Connect with us
Kapilvast Forest

विराटनगरमा कोरोना संक्रमित दुई वृद्धको मृत्यु

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

covid death

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको आइतबार साँझ मृत्यु भएको छ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो।

कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ।

पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,