Connect with us
Kapilvast Forest

उद्योगी व्यवसायीलाई कालोसूचीमा नराख्न बैंक वित्तीय संस्थालाई गभर्नरको निर्देशन

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनरकर्जाको भरपुर उपयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको छ।

६६ जिल्लाका उद्योगी व्यवसायीसँग गरिएको भर्चुअल अन्तरकृया कार्यक्रममा गभर्नर अधिकारीले २ खर्ब रुपैंयाको पुनरकर्जाको सदुपयोग गर्न आग्रह गर्नु भएकोे हो ।

अन्तरकृयाका क्रममा गभर्नर अधिकारीले कोभिडका कारण समस्यामा परेका उद्योगी व्यवसायी तथा व्यवसायिक प्रतिष्ठानलाई कालोसूचीमा नराख्न पनि निर्देशन दिनुभएको छ ।

मौद्रिक नीतिको कार्यान्वायनको अवस्थाका बारेमा समीक्षा गर्दै गभर्नर अधिकारीले कोभिड-१९ बाट शिथिल बनेको अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी केन्द्रीय बैंकले उदार र राहतमुखी मौद्रिक नीति जारी गरेको बताउदै उक्त मौद्रिक नीतिको कार्यान्वयनमा सहयोग गरिदिन बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यवसायी र सम्बद्ध पक्षसँग गर्भरन अधिकारीले आग्रह गर्नु भयो।

कोभिड महामारीका कारण उद्योग, व्यवसाय शिथिल बनेको अवस्थामा ऋणीलाई कालोसूचीमा राख्ने, धितो लिलाम गर्ने जस्ता कार्य नगर्न गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थालाई आग्रह समेत गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,