Connect with us
Kapilvast Forest

बेलायतका राजकुमार कोरोना संक्रमण भएको कुरा गोप्य राखेको दाबी

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

एजेन्सी-बेलायती राजकुमार विलियम्स गत अप्रिल महिनामै कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ। राजकुमार द ड्यूक अफ क्याम्ब्रिजलाई गएको अप्रिलमै संक्रमण भएको बीबीसीले उल्लेख गरेको छ।

प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट संक्रमित भएकै बेला उहाँ पनि संक्रमित भएको बताइएको छ। संक्रमित भएको खबर सबैभन्दा पहिले प्रकाशित गरेको द सन पत्रिकाले ३८ वर्षे राजकुमारले आफ्नो संक्रमणको खबरले देशव्यापी चिन्ता नबढोस् कुरा भनेर गोप्य राखेको दाबी गरेको छ।

उहाँको उपचार राजदरबारका डाक्टरले गरेको र त्यस क्रममा सरकारी नियमको पालना भएको खबरमा उल्लेख छ।

उपचारको अवधिमा राजकुमार नोर्फोकमा रहेको एन्मेर हलमा आइसोलेशनमा बसेको पत्रिकाले जनाएको छ। यसबारे केन्जिङ्गटन प्यालेसले टिप्पणी गर्न अस्वीकार गरेको छ।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन पनि कोरोना संक्रमित भएर निको भइसकेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,