Connect with us
Kapilvast Forest

होटल तिहारअघि नखुल्ने

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

hotel_nepal
प्रतिनिधिमुलक तस्विर

बेनी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल घोडेपानीका होटल तिहार अघि नखुल्ने भएका छन्। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानीका साथै वीरेठाटी र घान्द्रुकका होटल व्यवसायीले बढ्दो कोरोना ९भाइरस०को महामारी नियन्त्रणका लागि तत्काल होटल नखोल्ने निर्णय लिएका हुन्।

तीनवटै ठाउँका होटल व्यवसायीको संयुक्त बैठकले कोरोना भित्रिन नदिन तिहारअघि नखोल्ने निर्णय गरेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनु भयो। घोडेपानीका होटल गत चैत ११ गतेदेखि नै बन्द छन्। देशका अन्य ठाउँमा होटल तथा रेस्टुरेन्ट खुला गरिए पनि घोरेपानी क्षेत्रमा अझै सञ्चालन गरेका छैनन्। पाहुनाको माध्यमबाट कोरोना भित्रिने जोखिम आँकलन गरेका छन्।

लकडाउन खुलेपछि केही दिनयता भ्रमणका लागि स्वदेशी पर्यटक घोडेपानी आउन थालेपछि स्थानीय त्रसित भएका छन्। घोडेपानी कास्कीको घान्द्रुक र वीरेठाटी भएर म्याग्दी भित्रिने नाकासमेत हो। समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ। अधिकांश घरमा पर्यटक स्तरका होटल सञ्चालन भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,