Connect with us
Kapilvast Forest

पार्टी एकता जोगाउन प्रवक्ता नारायणकाजीको आग्रह

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

naryan kaji

काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुट्ने विषय उचित नहुने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले धेरै पसिना बगाएर हासिल गरेको उपलब्धी नै पार्टी एकता भएकाले यसलाई जोगाएर जनताको हितमा लाग्नुपर्ने बताउनु भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकताको रक्षाका लागि सक्रिय पहल गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

आइतबार (आज) सोसल मिडिया फेसबुकमार्फत् प्रवक्ता श्रेष्ठले एकताको रक्षाका लागि आ–आफ्नो ठाउँबाट सक्रिय पहल गर्न कार्यकर्ताहरुलाई अपील गर्नुभएको हो । यसका साथै उहाँले नियमित पार्टी बैठक बस्न र सबै पक्षहरुका बारेमा खुला छलफल गर्नका लागि पनि आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन ।’

यसका साथै, उहाँले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेशविरुद्ध हुने पनि सुझाउनुभएको छ । उहाँले थप भन्नुभएको छ, ‘तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ–आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं ।’

त्यस्तै, उहाँले पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुनसक्ने भएपनि अहिले नै त्यस विषयमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद नदेखिएको पनि बताउनुभएको छ ।

उहाँले थप भन्नुभएको छ, ‘यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यन्वयन । ब्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन ।’

त्यस्तै, उहाँले देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोच्न र सकारात्मक निष्कर्ष निकाल्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘जान वा अन्जानमा देशी र बिदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस्, सबैले समयमै सोचौं ।’

 

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,