Connect with us
Kapilvast Forest

एउटा बेन्चमा एक विद्यार्थीका राखेर कक्षा ११ को परीक्षा सुरु

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

exaqm

 

म्याग्दी- यहाँका सामुदायिक विद्यालयले कोरोना भाइरस ९कोभिड१९० का कारण स्थगित परीक्षा लिन थालेका छन् । कोरोना रोकथाम सम्बन्धि जनस्वास्थ्यका मापदण्डको प्रयोग गरी बेनी नगरपालिका–५, पौलस्त्य माविमा आइतबारदेखि कक्षा ११ को आन्तरिक परीक्षा सञ्चालन गरिएको छ ।

परीक्षा सञ्चालन गर्न शिक्षा विकास तथ समन्वय इकाई म्याग्दीले ८ बुँदे मापदण्ड लागु गरी परीक्षा सञ्चालन भइरहेको छ । त्यस्तै पुलाचौरकै जनकल्याण माविमा समेत सोमबारदेखि नै कक्षा ११ को परीक्षा सुरु भएको विद्यालयले जनाएको छ । विद्यालयले परीक्षा सञ्चालनमा मास्क, सेनिटाईजर, एउटा बेन्चमा एक विद्यार्थीका साथै भौतिक दुरीलाई प्राथमिकता दिएर परिक्षा सञ्चालन भएको छ ।

त्यस्तै ज्वरो, रुघाखोकीको समस्या भएका विद्यार्थी भएमा एउटा छुट्टै कोठामा राख्न अनुरोध गरिएको शिक्षा विकास तथ समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनु भयो । कोरोनाको जोखिमसँगै घरमा रहेका विद्यार्थीलाई विद्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

परीक्षामा मापदण्डको प्रयोग लगायतका विषयमा शिक्षा विकास समन्वय इकाई, स्थानीय तहको शिक्षा शाखाका साथै जनप्रतिनिधिले समेत अनुगमन गरेका छन् । म्याग्दी बहुमुखी क्याम्पस सहित म्याग्दी जिल्लामा ११ सञ्चालन रहेका विद्यालयको संख्या २१ रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,