Connect with us
Kapilvast Forest

नेकपा का प्रवक्ता नारायणकाजीको कोरोनाको डर छ गित सार्वजनिक

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने उपायहरुलाई समेटेर जनचेतनामुलक गीत ल्याउनु भएको छ । गोरखा काठमाडौं जनसांकृतिक मञ्ज र कोभिड–१९ भोलिन्टियर सर्भिस (सिभियस) को संयुक्त प्रस्तुती जनचेतनामुलक गीत ‘कोरोनाको डर छ’ बजारमा आएको हो ।‘ने क पा प्रवक्ता श्रेष्ठ कोभिड–१९ भोलिन्टियर सर्भिस सिभियसका संयोजक समेत हुनुहुन्छ ।

कोरोनाको डर छ’ बोलको गीतमा संयोजक श्रेष्ठको स्वरमा ‘कोभिड–१९ बाट रक्षा, आजको आवश्यकता, सबैको सेवा सबैलाई सेवा हाम्रो प्रतिवद्धता’ भन्ने नारा समेत समावेश गरिएको छ ।

किरण पन्तको गीतको परिकल्पना , सुमन पण्डितको शब्द रहेको गीतमा दिप सागर थापाले संगीत भर्नू भएको छ ।गीतमा दिपसागर थापा, सागर गुरुङ, सरु थापा, रेजिना परियार, सुमन परियार, शिशिर गुरुङ, सुजन परियार, मोहन गोर्खाली, यीबी गुरुङ, सुनिला गुरुङ, कमल थापा, खेमराज तिवारी, कविराज ढकाल, मिमा गुरुङ, सरिता कुमाल, निशा गुरुङ र रञ्जित परियार लगायतले गितमा स्वर राख्नु भएको गितको संगीत संयोजन विपिन आचार्यले गर्नु भएको हो ।

गीतको भिडियोमा मरिचमान श्रेष्ठ (बल्छी धु्रवे), राजु मास्टर, अनिता बस्नेत लगायत सिभियसका सम्पूर्ण समुहले कलाकारको रोलमा भूमिका रहेको भिडियोको निर्देशक प्रकाश भट्टले गर्नु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,