Connect with us
Kapilvast Forest

बाँकेमा कोरोनाबाट ३ दिनमा ८ जनाको मृत्यु

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

medical-collage-kohalpura nepalgung.
प्रतिनिधिमुलक तस्विर

 

नेपालगन्ज- बाँकेमा शनिबारदेखि सोमबारसम्म तीन दिनमा दुई ठूला अस्पतालमा उपचार गराइरहेका ८ संक्रमितको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका ४, दाङका तीन र कैलालीका एक जनाको कोरोनाबाट मृत्यु भएको हो । आइतबार ४ जना, शनिबार ३ जना र सोमबार एकजनाको ज्यान गएको थियो ।

सोमबार बिहान १०:३० बजे नेपालगन्ज उपमहानगरपालिका–२ की वडा सदस्य ६७ वर्षीया शान्तिदेवी परियारको निधन भयो । ३ असोजमा कोरोना संक्रमण भएकी उहाँलाई स्वासप्रस्वास सम्बन्धी समस्या थियो ।

 

आइतबार चारजनाको कोरोनाबाट ज्यान गएको थियो । मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षका पुरुषको भेरी अस्पतालमा, बिहान साँझ ५ बजे भेरीमै नेपालगन्ज उपमहानगरपालिका १६ की ७० वर्षीया महिलाको, राति १ बजे कैलालीको टीकापुर नगरपालिका–१ का ६० वर्षका पुरुषको भेरीमै र साँझ ५:३० बजे खजुरा गाउँपालिका–३ बीगाउँका ४० वर्षका पुरुषको पनि मृत्यु भएको थियो ।

शनिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको, तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षका पुरुषको दिउँसो २ : ४५ बजे र नेपालगन्ज उपमहानगरपालिका २० की ६० वर्षीया महिलाको साँझ ५:३० बजे मृत्यु भएको हो ।

योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ३४ र भने बाहिरी जिल्लाबाट उपचार गर्न आएका २१ गरी ५५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,