Connect with us
Kapilvast Forest

डीएसपी हुँ भन्दै धम्की दिने एक व्यक्ति पक्राउ

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

pakrau fiture

 

काठमाडौं – महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी हुँ भन्दै फोनमार्फत सर्वसाधरणलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झा रहेका छन् ।

काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरमा बस्दै आएका ४१ वर्षीय चन्दु झाले दिएको उजुरीको आधारमा बब्लुलाई आइतबार पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठौरले जानकारी दिनु भयो ।

चन्दुलाई बब्लुले आफू महानगरीय प्रहरी वृत्त कालीमाटी काठमाडौंको डीएसपी बोलेको भन्दै बब्लु झा नाम गरेको व्यक्तिसँग के लफडा हो, तुरुन्त कालीमाटी वृत्तमा आउनु, नआए कारबाही अगाडि बढाउँछु भनेर धम्की दिने गरेको राठौरको भनाइ छ ।महानगरीय प्रहरी वृत्त कालीमाटीको नियन्त्रणमा रहेका बब्लु झामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,