Connect with us
Kapilvast Forest

५ मिनेटको अन्तरमा श्रीमान–श्रीमतीको मृत्यु

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

जनकपुरधाम – धनुषामा एक बृद्व दम्पतिको एकै दिन मृत्यु भएको छ ।जिल्लाको शहीद नगरपालिका–१ निवासी रामखेलाबन यादव र उनकी पत्नी सुमिन्त्रादेवीको सोमबार बिहान मृत्यु भएको हो । रामखेलाबन ९१ बर्षकार उहाँकी पत्नी ८८ बर्षकी हुनुहुन्थ्यो ।

मृतकका छोरा उपेन्द्रका अनुसार रामखेलाबनको मृत्यु भएको ५ मिनेटपछि उनकी पत्नीको पनि मृत्यु भएको हो ।बिहान ८ बजेर ५० मिनेतिर रामखेलाबन नित्यकर्म गरी बसिरहँदा एक्कासी उहाँको मृत्यु भएको थियो । त्यतिबेला घरभित्र रहेकी उनकी पत्नीले यो जानकारी पाएलगत्तै उहाँको पनि मृत्यु भयो ।

एक छोरा र चार छोरीका आमा–बुवा एकैपटक मृत्यु भएपछि स्थानीयले त्रेतायुगमा श्रवणकुमारका माता पिताले एकैपटक मृत्युवरण गरेको घटनालाई सम्झेका छन् ।एकै दिन मृत्यु भएका दम्पतिको एउटै चितामा अन्तिम संस्कार गरिएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,