Connect with us
Kapilvast Forest

राप्रपाको जागरण महा अभियान सूरु

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

कपिलवस्तु- राष्ट्रि प्रजातन्त्र पार्टी कपिलवस्तुले हिन्दु राज्य जागरण महा अभियान शुरु गरेको छ । पार्टीको जिल्ला कार्य समिती कपिलवस्तुले हिन्दु राज्य जागरण अभियान सगै कोरोना संक्रमण बारे सचेतना अभियान समेत सञ्चालन गरेको हो ।

पार्टीले तौलिहवाको भिक्षुचोकमा आयोजना गरेको जन जागरण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले हिन्दु राज्य जागरण अभियान सगै कोरोना संक्रमण बारे सचेतना प्रवाह शुरु गरिएको जानकारी दिए ।
सो अवसरमा पुर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाका प्रमुख स्वकीय सचिव शंकर घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनलाई सम्मान सगै राप्रपाको मानार्थ जिल्ला सदस्य मनोनयन गरिएको जिल्ला अध्यक्ष सिंहले जानकारी दिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष सिंहले अब नेपालमा हिन्दु राष्ट्र बन्ने अभियानमा नेपालीले साथ दिने दाबी गरे । कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य कृष्ण बहादुर चौधरी, साहित्यकार हरिराज शर्मा, समाजसेवी ओम प्रसाद गौतम, डाक्टर सतिस उपाध्याय लगायतले मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,