Connect with us
Kapilvast Forest

धुलाम्मे चन्द्रौटा बजार, खुलेआम स्वास्थ्यमाथि खेलवाड

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाको व्यस्त बजार चन्द्रौटा मंगलबार धुलाम्मे भएको छ । बजार क्षेत्रको सडक निर्माण कार्य सुरु भए संगै बजार क्षेत्र धुलाम्मे भएको हो । सडक विस्तारको काम व्यस्त बजार क्षेत्रमा रातिमा गर्नु पर्ने भए पनि निर्माण कम्पनी मोतिदान पिपिआरले लापार्वाही गर्दा धुलोले बजार क्षेत्र नै ढाकेको छ । सडकमा हिड्ने सवारी साधन तथा पसलहरुलाई प्रत्यक्ष असर परेको छ ।
सडक विस्तारका क्रममा व्यस्त बजारमा सडक विस्तारको काम गर्दा रातिको समयमा वा बजार बन्द हुने समयमा काम गर्नु पर्ने हुन्छ तर निर्माण कम्पनीले सडक विस्तारको काम बजार व्यस्त रहेको समयमा गर्दा सडकमा उडेको धुलोले व्यापारी र नागरिकको स्वास्थ्यमा असर पुगेको छ ।
नागरिक स्वास्थ्यको धज्जी उडाउदै गरेको विकास कस्ले उपयोग गर्ने स्थानीय एक व्यापारीले भने । विकास हुदै छ हामीलाई पनि थाह छ, तर नागरिकहरुको प्रत्यक्ष स्वास्थ्य संग खेलवाड हुने किसिमले धुलो उडाउनु त भएन न नी ? उनले भने । दिउँसोमा गर्ने काम साझमा गर्दा बजार व्यस्त पनि हुने थिएन र भिडभाड पनि कम हुने थियो ठेकेदारले नागरिक स्वास्थ्यको विषयमा चासो नदिदाँ मंगलबार दिन भरि जसो धुलो खाएर बस्नु परेको अर्का व्यापारीले बताए ।
सडक निर्माण जिम्मा पाएको मोतिदान पिपिआरले भने सडक अब कालो पत्रे गर्ने समयमा धुलो उडाउनु पर्ने भएको प्राइम हान्ने ठेकेदार भोजराज खनालले बताउनु भयो । बुधबार समेत धुलो हटाउने कार्य जारी रहने ठेकेदार खनालले बताउनु भयो । रातको समयमा सिलले गर्दा धुलो हटाउन मुस्कील भएकोले दिउँसोमा काम गरेको बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,