Connect with us
Kapilvast Forest

काठमाडौ बाहिरपनि नयाँ- नयाँ शहर बनाउने शहरी विकास मन्त्रीको योजना

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

midea_socity_with_krishnagopal

काठमाडौँ- शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले राजधानीलाई मात्र विकासित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने बताउनुभएको छ ।

नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग आज भएको भेटमा मन्त्री श्रेष्ठले सङ्घीयताको मर्मअनुसार नयाँ शहर र सबै क्षेत्रको पूर्वाधार विकासमा सरकारले प्राथमिता दिएको बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले शहरी क्षेत्रका सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वलाई जोगाउँदै शहरीकरणलाई अगाडि बढाइने पनि बताउनुभयो । उहाँले आफ्ना कामका बारेमा सही मूल्याङ्कन गरिदिन सञ्चार क्षेत्रलाई आग्रह पनि गर्नुभयो ।

सो क्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेलले सकरात्मक कामको मिडियाले सधै समर्थन गर्ने बताउँदै आलोचनात्मक समाचारका विषयमा सरकारले तत्काल टिप्पणी गर्न नहुने उल्लेख गर्नुभयो ।

सोसाइटीका पूर्वाध्यक्ष कैलाश सिरोहियाले अब नेपाललाई नयाँ नेपालका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै कुनै मिडियाले गलत समाचार प्रसारण गर्दैमा सबै मिडियालाई दोष दिन नहुनेमा जोड दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,