Connect with us
Kapilvast Forest

दिल्ली क्यापिटल्सले जित निकाल्दै प्ले अफमा प्रवेश

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

benglore.jpg

 

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग अन्तरगत दिल्ली क्यापिटल्सले जित निकाल्दै प्ले अफमा प्रवेश गरेको छ ।
आबुधाबीमा सोमबार राति लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली प्ले अफमा पुगेको हो । बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय इनिङ्स खेल्नु भयो । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाउनु भयो ।
यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट हुनु भयो ।बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १र१ विकेट लिनु भयो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेल्नु भयो । उहाँले ४१ बलमा ४ चौका प्रहार गनुृ भयो ।
एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाउनु भयो ।
यस्तै शिबम दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोड्नु भयो ।
दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,