Connect with us
Kapilvast Forest

भियनामा आतंकवादी हमला : एकको मृत्यु

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

 

एजेन्सी-गएराति अस्ट्रियाको राजधानी भिएनामा भएका आतंकवादी हमलामा एक जनाको मृत्यु भएको छ । ​​​भियानाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार एकजनाको मृत्यु भएको हो । एउटा सन्दिग्ध आतङ्कवादी हमलामा ठूलो हाताहाती भएको आशंका गरिएको छ । प्रहरीका अनुसार सन्दिग्ध समूहले सहरका विभिनन ६ स्थानमा गोली चलाएका थिए ।

सन्दिग्ध समूहले गोली चलाएपछि प्रहरीलेसमेत गोली चलाएको थियो । यो हमलालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले घृणित आतंकवादी घटनाको संज्ञा दिएका छन् ।

समाचारमा उल्लेख भए अनुसार प्रहरीले एक हमलाकारीलाई नियन्त्रणमा लिएको छ भने एकजना मारिएका छन् । हमलापछि त्यहाँ स्थानीयलाई बाहिर ननिस्कन र यातायात प्रयोग नगर्न भनिएको छ ।

हमला भएको क्षेत्रलाई घेरा हालेर प्रहरीले हमलाकारीमाथिको कारबाही सुरु गरेको समाचारमा उल्लेख गरिएको छ । यो घटनाप्रति युरोपेली नेताहरुले दुःख व्यक्त गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,