Connect with us
Kapilvast Forest

कांग्रेस: क्रियाशील सदस्यता, विभाग र समायोजनका मुद्दामा विवाद

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा नेताहरुका बीचमा आरोप/प्रत्यारोप भएको छ । खासगरी पार्टीको क्रियाशिल सदस्यता वितरण , विभागहरुको गठन तथा पार्टी समायोजनका मुद्दामा नेताहरुबीच विवाद भएको हो ।

पार्टीमा जारी विवादको निरुपण गर्न र विगत एक महिनादेखिको नेताहरुबीचको संवादहिनता तोड्ने अपेक्षा गरिए पनि सोमबारको बैठक विनानिष्कर्श टुंगिएको छ । बैठमा सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले विवाद समाधान नगरि अघि नबढ्न र नेता कृष्णप्रसाद सिटौलाले पक्ष/विपक्ष नलिई सानो-सानो समूह बनाएर विवादको निरुपण गर्न सुझाव दिनुभएको छ ।

वरिष्ठ नेता पौडेल समूहले केन्द्रिय समितिको आगामी बैठक अगावै सदस्यता वितरण, विभाग गठन र पार्टी समायोजनलगायतका विषयमा विधान विपरित गरिएका निर्णय सच्याउनु पर्ने अडान राख्दै आएकाले कांग्रेसमा आन्तिरिक विवाद छ ।

हिजोको बैठकमा पनि पौडेल पक्षीय नेताहरुले आफूहरुले राखेको १६ बुँदे ज्ञापन पत्रमाथि विस्तृतमा छलफल नभएसम्म अरु विषयमा छलफल गर्न नसकिने अडान लिएका हुन ।

नेताहरुले आफ्नो धारणा राखे पनि हिजोको बैठकमा सभापति देउवाले बोल्नुभएन । आज दिउँसो १ बजे बोलाइएको बैठकमा नेताहरुका जिज्ञासाको जवाफ दिने गरी सभापतिले बोल्नुहुने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,