Connect with us
Kapilvast Forest

अमेरिकामा आज निर्वाचन: को बन्ला भावी राष्ट्रपति

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

एजेन्सी–अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। अमेरिकाभर चुनाव हुने भए पनि सबैको ध्यान भने ६ वटा मुख्य ‘ब्याटलग्राउण्ड’ राज्यहरुमा रहेको छ।एरिजोना, फ्लोरिडा, मिसिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विसकन्सिनले सबैको ध्यान तानिरहेका छन्।

चेन्ज रिसर्च र सिएनबिसीका पछिल्ला मतसर्वेक्षणमा यी ६ वटै राज्यमा राष्ट्रपति उम्मेदवार जो बाइडेन झिनो रुपमा अगाडि छन्। यी सबै राज्यमा सन् २०१६ को चुनावमा डोनाल्ड ट्रम्पले जित्नु भएको थियो ।

एरिजोनाबाट ११, फ्लोरिडाबाट २९ , मिसिगनबाट १६, नर्थ क्यारोलिनाबाट १५, पेन्सिलभेनियाबाट २० र विसकन्सिनबाट १० इलेक्टोरल मत प्राप्त हुन्छ। अमेरिकामा राष्ट्रपति पदमा जित्न कम्तीमा २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

फ्लोरिडामा अहिलेसम्म ८९ लाख ७४ हजारले मतदान गरिसकेका छन्। जुन कुल मतदाता संख्याको ६३ दशमलव ८ प्रतिशत हो।

मतदान गरेकाहरुमध्ये सबैभन्दा धेरै डेमोक्र्याट्सहरु ३५ लाख रहेका छन् भने रिपब्लिकनको संख्या ३४ लाख रहेको जनाइएको छ। तर कुनै पार्टीमा आबद्ध नरहेका १९ लाखले निर्णायक भूमिका खेल्नेछन्।

यसपटक कोरोनाको महामारीका कारण कैयनले अग्रिम मतदान र हुलाकमार्फत् मतदान गरेका कारण चुनावको नतिजा मंगलबार नै आउने छैन। पूर्ण नतिजा आउन केही दिन लाग्ने भए पनि मंगलबारदेखि नतिजाको छनक भने आउन थाल्नेछ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,